May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

उपत्यकाको आठ स्थानमा ट्राफिक बत्ती जडान

उपत्यकाको आठ स्थानमा ट्राफिक बत्ती जडान

माघ ३, काठमाडौं ।
बिकशित देशहरुमा ट्राफिक बत्ती र कम्प्युटरको भरमा देशको सवारी साधन नियन्त्रित हुन्छन् । नेपालमा भने चोक चोकमा ट्राफिक प्रहरी बसेर हातको इशाराले नै सवारीको नियन्त्रण गर्दे आएको छ । नेपालमा कम्प्युटर प्रणालीको माध्यमद्धारा नियन्त्रण गर्ने कुरा त परै जाओस बल्ल बल्ल सरकराको सक्रियतामा ट्राफिक बत्ती भने जडान हुन थालेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा गरेको छ । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हाल पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको बताएको छ । महाशाखाका अनुसार मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउ तयारी भैरहेको छ ।
नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यस यता २०७५ सालमा पनि पुतलिसडक, बानेश्वर क्षेत्रमा बत्ती जडान गरिएको भएपनि त्यो महिना दिन नपुग्दै बिग्रन पुगेको थियो ।

Advertisement