May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

वेपत्तामा सुवेदी र सत्य निरुपणको अध्यक्षमा भट्टको नाम सिफारिस

वेपत्तामा सुवेदी र सत्य निरुपणको अध्यक्षमा भट्टको नाम सिफारिस

माघ ४, काठमाडौं ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको हो ।
त्यस्तै सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेललाई सिफारिस गरेको हो । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस गरेको छ । उनीहरुलाई मन्त्रिपरिषद्बाट नियुक्ति दिनुपर्ने कानूनी प्रबधान छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा दुवै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्ने नेताहरूबीच सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस विषयमा शनिबार छलफल भएको हो । सोही सहमतीको आधारमा नामहरु सिफरिस भएका हुन् ।

Advertisement