Banijya News

स्टार क्रिकेटर फाप डु-प्लेसिस भोलि नेपाल आउँदै

1
1.2K Shares

जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वविख्यात ब्याटर फाफ डु प्लेसिस भोली सोमबार नेपाल आइपुग्ने भएका छन् । दोस्रो संस्करणको एनपीएलका लागि विराटनगर किंग्समा अनुबन्ध भएका फाप डु जारी प्रतियोगिताको १८ खेल सम्पन्न भएपछि नेपाल आउन लागेका हुन् ।

मार्की तथा कप्तान सन्दीप लामिछानेको नेतृत्वमा जारी सिजन विराटनगरले फाप डु प्लेसिस बिनै ५ खेल खेल्दै ८ अंकका साथ तालिकाको दोस्रो स्थान ओगटेर बसेको छ । यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सिजन नखेल्ने निर्णय गरेसँगै एनपीएल पनि खेल्न नआउने हो कि भन्ने आशंकाकाबिच फाप डु प्लेसिस नेपाल आउन लागेका हुन् ।

फाप डुको यो कदमले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ । ४१ वर्षीय स्टार खेलाडीले दक्षिण अफ्रिकाका लागि क्रिकेटका तीन वटै फम्र्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनको अनुभव र नेतृत्व क्षमताले विराटनगर किङ्सलाई दोस्रो सिजनको एनपीएलको च्याम्पियन बनाउने आशा गरिएको छ ।

1

Scroll to Top