Banijya News

रोहित पौडेलले पाए एनपीएलमा जितेको कार

1
1.1K Shares

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो। यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ। साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ।

कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ।

1

Scroll to Top