Banijya News

बंगलादेशको खेल तालिका परिवर्तन गर्न आईसीसीद्वारा अस्वीकार, भारत जानै पर्ने

1
1.1K Shares

आगामी फेब्रुअरी ७ मा शुरु हुने टी-२० विश्वकप क्रिकेटका खेल भारतमा खेल्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र बंगलादेश क्रिकेट बोर्डबीचको विवाद गम्भीर मोडमा पुगेको छ। बुधबार भएको उच्चस्तरीय छलफलपछि आईसीसीले बंगलादेशको खेल तालिका परिवर्तन गर्न अस्वीकार गरिदिएको छ।

आईसीसीले भारतमा सुरक्षाको कुनै समस्या नरहेको दाबी गर्दै बंगलादेशलाई निर्धारित तालिका अनुसार नै खेल्न निर्देशन दिएको छ। यदि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा उनीहरुले पाउने अंक काटिने र विपक्षी टोलीलाई विजयी घोषणा गरिने चेतावनी आईसीसीले दिएको छ ।

यता, बंगलादेश सरकार र क्रिकेट बोर्डले भने आफ्नो अडान कायमै राखेका छन्। ढाकामा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशी अधिकारीहरूले आफ्ना खेलाडी र समर्थकको सुरक्षामा सम्झौता नगर्ने बताएका छन्। उनीहरूले श्रीलंकामा खेल सार्नका लागि पुनः दबाब दिने बताएका छन् ।

यो विवादको मुख्य कारण आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइनु र दुई देशबीच बढ्दो राजनीतिक तनावलाई मानिएको छ । बंगलादेशले भारतको कोलकाता र मुम्बईमा गरी चार खेल खेल्ने तालिका छ, जसमा नेपालसँगको खेल पनि समावेश छ ।

1

Scroll to Top