Banijya News

पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

1
1.3K Shares

आर्थिक वर्ष २०८१/०८२ मा पेट्रोलबाट १ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ कर उठाइएको छ । नेपाल आयल निगमले पेट्रोलको विक्रीमा लगाएको पूर्वाधार कर, प्रदुषण नियन्त्रण कर, भन्सार महसुल, सडक सम्भार कर, हरित कर, मूल्य स्थिरिकरण कर र मूल्य अभिबृद्धि कर शीर्षकबाट उक्त रकम उठाएको हो ।

निगमले एक लिटर पेट्रोलबाट नै ७ वटा विभिन्न शिर्षकबाट उक्त परिमाणको कर उठाउन सफल भएको हो । तर उठाइएको करको प्रयोगको बारेमा भने आमनागरिक बेखबर छन् । विभिन्न प्रयोजनका लागि उठाइएको करको उद्देश्य सकारत्मक नै छ । तर सदुपयोगको दृष्टिकोणबाट नियाल्दा उठाइएको करको विषय विवादमा आउने गर्दछ ।

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै उठाइएको पूर्वाधार कर बारम्बार विवादमा तानिने गर्दछ । आयोजनाको काम अहिलेसम्म अघि बढेको छैन तर पूर्वाधार कर आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २२ अर्ब १० करोड रुपैयाँ हाराहारी उठिसकेको छ । आयोजनाको भौतिक र वित्तीय प्रगतिको आंकडा निराशाजनक छ । विभिन्न उद्देश्यका साथ उठाइएको अन्य शिर्षकको करको अवस्था पनि उस्तै छ । कर उठेको छ तर प्रयोग भएको यकिन तथ्यांक भेटिएको छैन ।

नागरिकको दैनिकीसँग जोडिएको पेट्रोलबाट उठाएको कर प्रयोगविहिन बन्दा दैनिकीमा प्रत्यक्ष असर पारेको छ । पेट्रोलमा अनावश्यक कर लगाउँदा ढुवानी भाडा महङ्गो पर्न जान्छ ।

1

Scroll to Top