कर राज्य वा राज्यका आधिकारिक निकायबाट आय, सम्पत्ति वा कारोवारमा अनिवार्य असुल गर्ने रकम हो । कर भन्ने शब्द ल्याटिन शब्द Taxare बाट आएको हो । ल्याटिन भाषामा Taxare शब्दको अर्थ तय to stimate भन्ने हुन्छ । सेलिगन्यानले करको परिभाषा दिदै भनेका छन्– ‘सबैको साझा हित गर्न सरकारले खर्चकालागि व्यक्ति, आम्दानी, वा कारोवारमा अनिवार्य योगदानको रूपमा असुल गर्ने रकमनै कर हो । कर तिरेको आधारमा विशेष प्रतिफल पाईदैन । यो सर्वसाधारणको साझा हितमा खर्च गरिन्छ ।
कर राज्यको आम्दानीको मुख्य श्रोत हो । राज्यले कानूनी आधारमा मात्र करदातासँग कर असुली गर्न पाईन्छ । राज्यले प्राथमिकताको आधारमा कुनै क्षेत्रमा कम कर लगाउने तथा कुनै क्षेत्रमा कर नेै नलगाने कानुन बनाउन सक्दछ । करदाताले कर तिरेको आधारमा राज्यबाट प्रत्यक्ष सुविधा वा प्रतिफलको प्रत्याभूति पाउन सक्दैन । करको रकम व्यक्तिगत हितका लागि नभई राज्यका सर्वसाधारणको साझा हितका लागि खर्च गरिन्छ ।
राज्यले कुनै स्थानबाट कर संकलन गरी अविकसित क्षेत्रमा खर्र्चे गर्ने नीति निर्माण गर्न सक्दछ । कर करदाताका लागि स्वच्छिक योगदान नभई अनिवार्य योगदान हो । प्रत्यक्ष प्रतिफल बिना नागरिकले राज्यलाई अनिवार्य रूपमा कानून बमोजिम बुझाउनुपर्ने रकम नै कर हो । कर संसदले पारित गरेको कानून अनुसार मात्र लगाउन पाइन्छ । त्यसकारण विश्व भरीनै सर्वसाधारणको प्रतिनिधित्व भएको संसदले कानून बनाई कर लगाइन्छ । यस मान्यता No Taxition without Representation विश्व भर प्रचलनमा रही आएको छ । नेपालको आन्तरिम संविद्यान २०६३ को दफा ८९ कानून बमोेजिम बाहेक कर उठाउन नपाउने स्पण्ट ब्यवस्था गरिएको छ ।
कर जम्मा दुई प्रकारका हुनछन् । प्रत्येक देशमा करलाई दुई भागमा विभाजन गरेको पाइन्छ ।
प्रत्यक्ष कर :
जुन व्यक्रिमा करको भार हुन्छ, सो ब्यत्तिले तिर्नुपर्ने कर प्रत्यक्ष कर हो । कर तिर्ने ब्यक्तिले करको भार अन्य ब्यत्तिमा सार्न पाउदैन करको बिवरण बुझाउंंदा समेत सम्बन्धित ब्यक्रिले नै बुझाउन पर्दछ । यस किसिमको कर सामान तथा घरजग्गामा लाग्छ । ब्याक्तीको कमाएको आयगत हिसाव वा आयकर पनि प्रत्यक्ष कर हो ।


