बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल तथा ६० बोरा मकै नियन्त्रण गरेको छ । काठमाडौं महानगरपालिका वडा १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकबाट भन्सार छलेर ल्याएका युरिया मल र मकै नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
यस्तै, ४ सय बोरा युरिया मल ४ सय बोरामा प्रति बोरा ४५ किलो तथा ६० बोरा मकै ६० बोरामा प्रति बोरा ५० किलो समेत मालवाहक ट्रक तथा चालक राज कुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


