पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ७२१ चालक ट्राफिक कारवाहीमा परेका छन् । यसबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको बताइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंका अनुसार सबैभन्दा धेरै राइड शेयरिङमा ८७ जना कारबाहीमा परेका छन् । त्यस्तै, लेन अनुशासनमा ८३ जना, रातो बत्तीमा ७० जना र तीव्र गतिमा ६५ जना कारबाहीमा परेका छन् ।
गाडीमा कालो सिसा राखेका ४ जना, नो हर्नमा ५५ जना, वन वेमा ४२ जना, मापसेमा ३१ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २८४ जना सवारी चालक कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


