Banijya News

करदाता प्रोत्साहन उपहारको भदौ महिनाको नतिजा आज सार्वजनिक हुँदै

1
1.0K Shares

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा आज सार्वजनिक गर्ने भएको छ। विभागले आज एक कार्यक्रम आयोजना गरी भदौ महिनाका विजेताको नाम घोषणा गर्न लागेको हो।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटस्थित सभाहलमा हुने कार्यक्रममा भदौ महिनाका कुल ३३ जना विजेता घोषणा गरिने विभागले जनाएको छ। जसअनुसार ३१ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने थप दुई जनालाई बम्पर उपहार प्रदान गरिनेछ।

यसअघि भोटेकोसीमा आएको बाढीका कारण भदौ १६ गते आयोजना गर्ने भनिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। प्राकृतिक विपत्तिका कारण स्थगित कार्यक्रम आज पुनः आयोजना गर्न लागिएको विभागले जनाएको छ।

करदातालाई नियमित रूपमा कर विवरण बुझाउन तथा विद्युतीय माध्यमबाट करसम्बन्धी कारोबार गर्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो। कार्यक्रमअन्तर्गत तोकिएका मापदण्ड पूरा गर्ने करदातामध्येबाट विभिन्न उपहारका लागि विजेता छनोट गरिँदै आएको छ।

1

Scroll to Top