Banijya News

सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

1
1.3K Shares

२४, कात्तिक, २०७६ । काठमाडौं । बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकता दिने उद्येश्यले आफ्नो पालिकालाई पर्यटकीय तथा सांस्कृतिक क्षेत्र घोषणा गरेको छ ।


बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकालाई गाउँपालिका भित्रका दुई सांस्कृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांस्कृतिक क्षेत्र घोषणा गरिएको हो । पश्चिमाञ्चल क्षेत्रमै प्रसिद्ध सत्यावती मन्दिर र कालिलेक सिद्धस्थानलाई सांकृतिक क्षेत्र भनिएको छ ।

त्यस्तै विभिन्न वडाका कौडेको धुरी, भैँसे झरना, भित्रीवन देउराली र भाटेपोखरा क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिगतरूपमै स्थानीय तहहरुले सांकृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गएिकाले सोही नीतिको अधिनमा रहेर सास्ंकृतिक तथा पर्यकीय क्षेत्र घोषणा गरिएको हो ।

1

Scroll to Top