Banijya News

इलामको सन्दकपुर डाँडामा भारतीय सेनाको ज्यादती

1
1.2K Shares

 इलामको सन्दकपुर डाँडामा पुगेका पर्यटकलाई फिर्ता पठाउन र तस्बिर नखिच्न उर्दी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवान। एसएसबीले सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न मनाही गरेको सूचनाबोर्ड राखेको छ।

सन्दकपुर (इलाम) – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ।

एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन। अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट (मेट्न) गर्न लगाउने गरेको गुनासो पर्यटकको छ। पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

1

Scroll to Top