Banijya News

मिस वर्लड २०१९ टोनी एन सिंह नेपालमा

1
1.1K Shares

फागुन २२, काठमाडौँ ।
मिस वर्ल्ड २०१९ कि विजेता टोनी एन सिंह तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।
हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम रहेको छ ।
उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको छ । भने त्यस्तै अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्।
बिहिबार अर्थात आज मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन् ।

1

Scroll to Top