Banijya News

भ्याक्सिन लगायका यात्रु सिधै घर जान पाउने, यस्ता छन् नयाँ शर्त (निर्देशिकासहित)

1
1.1K Shares

काठमाडौं– सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गर्दे यस्तो ब्यवस्था गरेको हो ।

सरकारले नयाँ ओदशमा कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएका र रिपोर्ट लिएर हवाई मार्गबाट नेपाल आएकालाई पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर पठाउने भएको छ । यस्का लागि भने हवाइ यात्राको लागि यात्रुको चेक इन गर्दा अघि ७२ घण्टाभित्रको फोटो एवं बारकोड सहितको परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाउनुपर्नेछ । यस्ता यात्रुले विदेशबाट नेपाल आगमान गर्दा यात्रा गर्नुअघि अबोर्ड रिटर्नी म्यानेजमेन्ट सिस्टम अनलाइन फारम भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर आउनुपर्नेछ ।

विदेशबाट आएका यात्रुले अनिवार्य ७ दिन सूचीकृत होटलमा अनिवार्य रुपमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । होटल क्वारेन्टिन अवधि पूरा गरेका यात्रुहरुले पीसीआर परीक्षणको उपलब्धताको आधारमा सातौं दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा ४ दिन होम क्वारेन्टिन बस्नेगरी पठाउन सकिनेछ ।

स्थलमार्गबाट भने १३ वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने ब्यवस्था सरकारले गरेको छ । जसमा पशुपतिनगर, वेलहिया, काँकडभिट्टा, कृष्णनगर, गौर, गौरीफन्टा, जमुनाह, विरगञ्ज, रानी, भिट्टामोड, पुलघाट, झुलाघाट र गड्डाचौकी नाका रहेका छन् ।

यस्तो छ निर्देशिका –

 

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/quarentine.pdf”]

1

Scroll to Top