Banijya News

विश्व पर्यटन दिवसः पोखरामा १२ देशमा राजदुत पुगे दिवस मनाउँन, के–के हुँदैछन् कार्यक्रम ?

1
1.1K Shares

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गर्द आएको छ ।
‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाइने नेपाल पर्यटन बोर्डले जनाएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिन छ ।
विश्व पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरा आएका छन् । पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिन विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणा मान्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको समन्वयमा विभिन्न देशका राजदूत र कुटनितिक नियोगका प्रतिनिधि पोखरा आएका हुन् ।
विभिन्न देशका राजदूत सहितको टोली आइतबार दिउँसो पोखरा विमानस्थलमा आउँदा रातो कार्पेट बिच्छ्याएर स्वागत गरिएको थियो। राजदूत सहितको टोलीलाई स्वागत गर्न गण्डकी सरकारका पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायीका विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधिले स्वागत गरेका थिए ।

पर्यटन दिवसमा सहभागी हुन जर्मन, फिनल्याण्ड, कतार, युएई, दक्षिण कोरिया, उत्तर कोरिया, साउदी अरव, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेशियाका राजदूत पोखरा आएको हुन् । यसै गरी सार्क सचिवालय, इसिमोड, युएन, युएनएड, युनेस्को, डब्लुएफपी लगायतका प्रतिनिधि पोखरा आएका छन् ।

दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमण र कास्कीकोटमा रहेको अपाङ्गाता मैत्री पदयात्रा मार्ग हुँदै हाइकिङ गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले जानकरी दिए । कास्कीकोट शाहवंशीय राजा कुलमण्डन शाहले शासन गरेको ठाउँ हो । यसैले पनि यस क्षेत्रका हाइकिङ ऐतिहासिक छ । कुलमण्डनलाई नेपालमा शाह वंशको पहिलो राजा मानिन्छ ।

1

Scroll to Top