Banijya News

पर्यटन व्यवसायले पाए मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा

1
1.1K Shares

राष्ट्र बैङ्कका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ व्यवसायले मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा पाएको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा पाएको छ। नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्ममा कुल स्वीकृत ११ अर्ब ८४ करोड चार लाख रुपियाँमध्ये सबैभन्दा बढी ५१।९७ प्रतिशत पुनर्कर्जा पर्यटन क्षेत्रले पाएको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्म जम्मा ११ अर्ब ८४ करोड रुपियाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ । राष्ट्र बैङ्कका अनुसार ९१ कम्पनीले २९ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड सात लाख रुपियाँ पुनर्कर्जा प्राप्त गरेका हुन् ।

1

Scroll to Top