Banijya News

दसैँमा उपत्यकाबाट सुरुङमार्ग हुँदै सवारीसाधन बाहिरिने

1
1.2K Shares

दसैँमा उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने भएका छन् । सार्वजनिक यातायातमा हुने यात्रुको चाप र सडक जामलाई व्यवस्थित गर्न उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् । मन्त्रालयका अधिकारी तथा सुरक्षा अधिकारी सम्मिलित शनिबारको बैठकमा उनले तत्काल एउटा सुरुङमार्ग तयार गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । उपत्यकामा भित्रिने र उपत्यकाबाट बाहिरिने दुईवटा सुरुङ भए पनि पूर्ण रूपले सञ्चालन भएका छैनन् ।

परियोजनाका प्रमुख सौजन्य नेपालले दसैँमा सीमित संख्यामा सुरुङमार्ग हुँदै गाडी सञ्चालन गर्न सकिने बताए ।

त्यस्तै, दसैँलगत्तै उपत्यका भित्रिने सवारीसाधनको चाप पनि बढ्ने भएकाले सुरुङमार्गबाटै आउने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका हुन् । सुरुङ हुँदै यात्रुवाहक बस बाहिरिने व्यवस्था भए नागढुंगा हुँदै नौबिसेसम्म लाग्दै आएको सवारीसाधनको जाम हट्ने उनले बताए ।

तातोपानी नाका सञ्चालनमा ल्याउन कोदारी राजमार्ग मर्मत थालिएको छ । मन्त्री घिसिङका अनुसार सडक मर्मतका लागि आवश्यक संख्यामा एक्स्काभेटर परिचालन गरिएको छ । शनिबार घिसिङले मन्त्रालयमा राखेको बैठकपश्चात् पनि तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न सडक विभागलाई निर्देशन दिएका छन् ।

गत बुधबार भोटेकोशी गाउँपालिकाका स्थानीयले मन्त्री घिसिङलाई कोदारी राजमार्ग मर्मत गरेर सञ्चालनमा ल्याउन ज्ञापनपत्र बुझाएका थिए । लगत्तै, सो बाटो मर्मत थालिएको हो । भोटेकोशी– ६ का वडाध्यक्ष कुमार श्रेष्ठ र स्थानीय सांगे लामा नेतृत्वको टोलीले घिसिङलाई भेटेर सो बाटो सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।

1

Scroll to Top