Banijya News

थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने

1
1.2K Shares

६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ ।

भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

जजिराले तिहार पछि उडान शुरु गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए । एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए ।

गत अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान अघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेका थिए । त्यसयता केही चार्टर उडानहरु मात्रै भएका छन् ।

२०७९ साल जेठ २ गते २५६६औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो ।

1

Scroll to Top