Banijya News

हचुवाको भरमा पर्यटन नियम परिवर्तन नगर्न सरकारलाई सोट्टो-नेपालको सुझाव

1
1.1K Shares

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो-नेपाल) को १८ औँ वार्षिक साधारण सभामा सहभागी पर्यटन व्यवसायीहरूले सरकारलाई हचुवाको भरमा पर्यटन नीति र नियमहरू परिवर्तन नगर्न सुझाव दिएका छन्। पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थायी प्रकृतिको नीति आवश्यक रहेकोमा जोड दिँदै व्यवसायीहरूले सनकका भरमा निर्णय लिने परिपाटी अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सभामा सोट्टो-नेपालका अध्यक्ष मानबहादुर शाहीले नेपालको पर्यटनमा रहेका अपार सम्भावनालाई व्यवहारमा उतार्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले साना व्यवसायीले भोग्दै आएको भ्याटको समस्या समाधान गर्न र वर्तमान विश्व राजनीतिक परिस्थितिका बीच पनि नेपाली पर्यटनमा नयाँ अवसरहरू खोज्न आग्रह गरे। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले आगामी बजेटमा सोट्टोका कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै शक्तिशाली सरकारको आगमनले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको उल्लेख गरे ।

शनिबार सम्पन्न यस सभाले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन र आन्तरिक तथा बाह्य पर्यटन विस्तारका लागि नयाँ रणनीतिक योजनाहरूसमेत सार्वजनिक गरेको छ।

1

Scroll to Top