मेगा बैंक ‘बैंक अफ दि इयर’ २०१९ बाट सम्मानित

मेगा बैंक ‘बैंक अफ दि इयर’ २०१९ बाट सम्मानित

१७, मंसिर, २०७६, काठमाण्डौ । सन् २०१९ को ‘बैंक अफ दि इयर’ अवार्ड मेगा बैंक, नेपालले पाएको छ । लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी पुरानो पत्रिका ‘दि बैंकर’ ले यो अवार्ड प्रदान गरेको हो । ‘दि बैंकर’ले विश्वका १२० भन्दा बढी देशका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एकाएक उत्कृष्ट बैंक छनौट गरी अवार्ड प्रदान गर्दछ । अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्ठित यो अवार्ड यस वर्ष नेपालबाट मेगा बैंकले पाएको हो ।

बेलायतको राजधानी लन्डनमा बिहीवार आयोजित एक समारोह बीच बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान प्रदान गरिएको हो ।
अन्र्तराष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसरण गरेबापत यसै साता बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको छ ।