May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

सेयर बजारमा यो साता ५३.१६ अङ्कको गिरावट, १० अर्ब ५ करोड बराबरको कारोबार

सेयर बजारमा यो साता ५३.१६ अङ्कको गिरावट, १० अर्ब ५ करोड बराबरको कारोबार

यो साता चार दिन मात्रै सेयर कारोबार भएको छ । बुधबार सार्वजानीक बिदाका कारण सेयर बजार बन्द रहेको हो । चार दिनमा १० अर्ब ५ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने ५३.१६ अङ्कको गिरावट भएको छ ।

Advertisement

साताको पहिलो दिन आइतबार बजार खुल्दा २०२५.३० विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार १९७२.१४ विन्दुमा बन्द भएको हो । यो साता बजारमा ५३.१६ अङ्कको गिरावट सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । चार दिनमा कुल १० अर्ब ५ करोड ७९ लाख ८० हजार ३ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ५१ करोड ४४ लाख बराबरको कारोबार भएको हो । यो साताको चार दिनसम्मै बजारमा गिरावट भएको थियो ।

Advertisement

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २१.४८ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक १०३.५७ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ७५.१२ अङ्कले घटेको छ । फाइनान्स उपसूचक पनि ३९.२२ अङ्कले घटेको छ ।

 

आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ३१ खर्ब २७ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ८४ अर्ब ९३ करोड रुपैयाँले गिरावट भएको छ ।