May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन ६०० रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ किर्तीमान कायम गर्न सफल भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।