January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा आज भारी गिरावट आएको छ । सोमबार ११ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २७ सय रुपैयाँले घटेको हो ।

Advertisement

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्यमा पनि केहि गिरावट आएको छ । आज चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३०५ दशमलव २७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६डलर ९८ पैसामा कारोबार भइरहेको छ ।