१८ चैत, काठमाडौं ।
कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको भन्दै अन्य ३६ वटा अनलाइन सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख छ ।


