Banijya News

सातै प्रदेश सरकारले बुझे चीनबाट आएका स्वास्थ्य सामग्री

1
1.1K Shares

चैत्र १८, काठमाडौं ।
सरकारले चीनबाट किनेर ल्याएका र चीनले सहयोगस्वरुप दिएका स्वास्थ्य सामग्री सातै प्रदेशका प्रमुखले बुझेका छन् । केन्द्र सरकारले सोमबार चीनबाट ल्याएका सामग्री प्रदेशमा पठाएको थियो । प्रदेश सरकारले ती सामग्री कोरोना भाइरसको संक्रमण परीक्षणका लागि तोकिएका अस्पताललाई वितरण गर्नेछन् । सामग्री पुगेसँगै अव स्वास्थ्य सामग्रीको अभावमा बिरामीलाई उपचार गर्नै नमान्ने प्रवृत्ति हटने विश्वास स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।
सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काइ ट्रक तथा प्रदेश २, वागमती, गण्डकी र प्रदेश पाँचमा ट्रकमा समान पठाएको हो । सबै प्रदेशमा सरकारले पीपीई एक हजार, मास्क साढे १० हजार र थर्मल गन १० वटाका दरले पठाइएको छ ।
कोरोना भाइरसको संक्रमण परीक्षणका लागि अत्यावश्यक मानिने पीपीई, पीसीआर, किट, रेजेण्ट, मास्क लगायत सामग्री सरकारले चीनबाट एक अर्ब रुपैयाँभन्दा बढीमा किनेर नेपाल ल्याएको हो ।

1

Scroll to Top