Banijya News

वडाध्यक्ष काठ ब्यापारीसित नगद लिदै गर्दा अख्तियारको नियन्त्रणमा

1
1.1K Shares

स्थानीय प्रतिनिधी काठ ब्यापारीसित नगद लिदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीद्धारा पक्राउ परेका छन् । पाल्पा जिल्लाको स्थानीय निकायका १ जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगद ३ लाख सहित नियन्त्रणमा लिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको छ ।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरेका थिए । विशेष सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

1

Scroll to Top