अर्घाखाँचीमा मृत्यु भएका ५७ बर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि गरिएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।
अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराएर फर्किने क्रममा उद्रे खोला भन्ने ठाउँमा बुधाबार मृत्यु भएको छ थियो । ’ उनले भने ’स्वाब संकलन गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट २९ जेठमा पोजेटिभ रिपोर्ट आएको छ ।’ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।


