Banijya News

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात

1
1.1K Shares

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।


ग्राहकहरुलाई सुरक्षित भई आफ्नो घर र अफिस बाटै ईन्टरनेट तथा मोवाईल लगायतका बिद्युतिय माध्यमबाट बैकिङ कारोेवार तथा बिभिन्न भुक्तानी गर्न सहज होस् भनी फाइनान्सले यो सेवा सुरुवात गरेको बै.कले जनाएको छ ।

यो सेवा मार्फत सरकारी महसुल एक बैकबाट अर्को बैकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड विल भुक्तानी, मोवाईल रिचार्ज, शेयर कारोवारको भुक्तानी लगायत अन्य बिभिन्न सुविधा उपभोग गर्न सकिने फाइनन्सले जनाएको छ ।

1

Scroll to Top