Banijya News

सरकारले लकडाउनको समय थपेपछी सडकमा उत्रिएका ट्याक्सी व्यवसायीका ३०० बढी ट्याक्सी नियन्त्रणमा

1
1.0K Shares

१६ असार, काठमाडौं ।

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने घोषणासँगै ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेकाे थियाे । यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

काठमाडौंको  केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबुलगायतका क्षेत्रबाट प्लेकार्डसहित  प्रदर्शनमा उत्रिएका ३०० बढी ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

उपत्यका ट्याक्सी विशेष समितिले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । तर सार्वजनिक सवारी साधन र ट्याक्सी चैत ११ गतेदेखि सञ्चालनमा आएका छैनन् ।


1

Scroll to Top