Banijya News

कुखुराको मासुमा मुल्य वृद्धि

1
1.1K Shares

असार २१, काठमाडौं ।
कुखुराको मासुमा मुल्य वृद्धि भएको छ । कुखुराको उत्पादन घट्दा कुखुराको मासुको मूल्य बढेको हो ।लकडाउनको प्रभावका कारण उत्पादन घटेसंगै अझै मुल्य बढ्न सक्ने पोल्ट्री व्यवसायीहरूको भनाइ छ ।


जेठ महीनायता ३१० हुँदै ३५० बाट अहिले ३९० रुपैयाँ कायम रहेको मासुको मुल्य अबको केही हप्ताभित्रै बढेर ४ ५० देखि ५ सयसम्म पुग्न सक्ने मासु व्यवसायी संघले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लागेपछि कुखुरालाई खुवाइने दाना, दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, चल्ला तथा तयारी कुखुरा ढुवानीमा अवरोध आएपछि उत्पादन घट्न गएको थियो । तर लकडाउन खुकुलो भएयता मासुको मागमा वृद्धि हुँदा मूल्य बढ्न थालेको हो ।

1

Scroll to Top