असार २८, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो ।
शुक्रबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आईतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


