Banijya News

बैकिङ कसूरमा अदालतको फैसला पछि फरार रहेका प्रतिवादी पक्राउ

1
1.0K Shares


श्रावण ११, काठमाडौं ।
बैकिङ कसूर मुद्दामा अदालतको फैसला पछि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौंको कलंकी क्षेत्रमा लुकिछिपी बस्दै आएका ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७६ माघ २० मा १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि महर्जन फरार थिए । महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको जानेरै ५ भदौ २०७५ मा चेक कृष्णभक्त महर्जनलाई दिएका थिए ।

झुक्काएर चेक दिएपछि उनीविरुद्ध कृष्णभक्त महर्जनले बैंकिङ कसूरमा जाहेरी दर्ता गराएका थिए । सोहि क्रममा बैकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै अदालतले बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरुमा दफा १५(१) बमोजिम फैसला गरेको थियो ।

1

Scroll to Top