कपनस्थित आकाशेधाराको चौरको छेउमा कार्टुनमा कपडाले बेरेर राखिएको बेवारिसे फेला परेकी बच्चाकी आमा सम्पर्कमा आएकी छिन् । केयर चाइल्ड अर्फानेज नामको बालगृहकी सन्चालिका पुष्पा अधिकारीले बालिकालाई आफ्नो संरक्षणमा राखेकी थिइन् ।
यसरी भेटिएको सो बच्चालाई बाल गृहकी संचालक पुष्पाले आफुले संरक्षण दिने भन्दै आफैंसँग राखेकी थिइन् भने बच्चाको नाम समेत प्राप्तिका अधिकारी राखेकी थिइन् ।
सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछि यो विषय भाइरल बनेको थियो । ती बच्चीकी आमा सम्पर्कमा आएसँगै उनले बाल गृह संचालक पुष्पा अधिकारीसँग मिलेर नै अलपत्र छोडेको नाटक गरेको आशंका गरिएको छ ।
बच्चाकी आमा कोरोनाभाइरस महामारीपछि सरकारले उद्धार गरेर नेपाल ल्याएका महिलामध्येकी एक भएको बताइएको छ । वैदेशिक रोजगारीमा रहेकी ती महिला उतै यौन शोषणमा परिन्। यौन शोषणमा परेपछि उनको गर्भ बस्यो। समाजको डरले उनले बच्चा वेवारीसे भएको बताएकी छिन् ।
हाल प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको बताएको छ ।


