काठमाडौं । धुलिखेल अस्पतालमा उपचारका क्रममा भक्तपुरका एक कोरोनाभाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिकाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
तीन दिनअघि अस्पताल भर्ना भएको उनीमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । थाइराइट र मुटु रोगको उपचार गर्न अस्पताल भर्ना भएका उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।


