Banijya News

प्रभु बैंकको थप नयाँ शाखा सल्यानको श्रीनगरमा

1
1.1K Shares

२६ असोज, काठमाण्डौ ।


प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा विस्तार गरेको छ । बैंकको सो शाखाको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि सुरेश अधिकारीले बैंकले देशभरमा शाखा सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।
बैंकको श्रीनगर कार्यालयबाट प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

1

Scroll to Top