Banijya News

गत वर्ष भन्दा नौ दशमलब १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

4 Shares

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.१९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । सबैभन्दा पहिलो गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेको छ । त्यस्तै, कुल सञ्चालन खर्च ४.१९ प्रतिशत र सञ्चालन मुनाफा १.९७ प्रतिशतले बढेको छ।

बैंकको ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ ।

Scroll to Top