तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ । हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।


