Banijya News

जेन जी आन्दोलन प्रभावः चल्न थाल्यो फेसबुक

1.1K Shares

काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।

सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो ।

उक्त निर्णयको विरुद्धमा आज जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै प्रभावले फेसबुक खुलेको हुन सक्ने बताइएको छ ।


Scroll to Top