शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेनजी आन्दोलनको माग र राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने लगभग निश्चित भएसँगै यो निर्देशन आएको हो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका हुन्। यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। बैठकमा सहभागी स्रोतका अनुसार अन्यथा नभए आज कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरी शपथ खुवाउने तयारी भएको छ।


