Banijya News

सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट, आजलाई कारोबार बन्द

1
1.2K Shares

आज सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो ।

तर फेरि खुलेको बजारमा पनि नकारात्मक सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यस पछि खुलेको बजारमा फेरि पनि नकारात्मक सर्किट लागेर कारोबार दिनभरलाई बन्द भएको हो ।

नेप्से ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको छ । सेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

कारोबार बन्द हुन्दा सेयर बजारमा ७२ करोड ८७ लाख २ हजार ८३० रुपैयाँको कारोबार भएको छ ।

1

Scroll to Top