Banijya News

स्वरोजगार लघुवित्तको संस्थापक शेयर विक्रीमा

1
1.2K Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ हजार ४८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता ३१५ रुपैयाँ अंकित मूल्यमा असोज २४ गतेदेखि यी शेयर विक्रीमा ल्याएको हो ।

यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् । आगामी ३५ दिनभित्र इच्छुक खरीदकर्ताहरुले कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा लिखित निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिनेछ ।

1

Scroll to Top