मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पूँजीमा कम्पनीले ६० प्रतिशत हकप्रसद सेयर निष्कासन गर्ने भएको छ ।
साथै कम्पनीले कात्तिक २१ गतेका लागि साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ सय रुपैयाँ हाराहारीमा छ ।


