आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को विन्दुमा बन्द भएको छ ।
आज ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोडको शेयर कारोबार भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । केबिएल डिबेञ्चरको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको २० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।


