गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा सोधपुछका लागि प्रहरीले गायक बाबुल (धनबहादुर) गिरीलाई बोलाएर सोधपुछ सुरु गरेको छ ।
शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन्। उक्त घटनामा गायक गिरीलाई सोधपुछका लागि प्रहरीले बोलाएको प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
घटना के कति कारणले भएको हो भन्ने कुरा बुझ्नका लागि उनलाई नियन्त्रणमा लिएको उनले बताए।


