Banijya News

उद्योग खोल्ने प्रतिस्पर्धा गरौँ : हेमराज ढकाल

1
1.2K Shares

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय युवापरिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका हुन्। हाल देशमा दिनहुँ नयाँ राजनीतिक दल खुलिरहेको उनको भनाइ छ।

जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा चलेको छ। उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्ने बताए। उनले उद्यमशीलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएछ। उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

उनले पुराना कानूनलाई परिवर्तन गरी समयानुकूल बनाउनुपर्ने पनि बताए। ५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाइ छ।

ढकालले भने, ‘जसरी अहिले देशमा दलहरू खोल्न प्रेरित भइरहेको छ। दिनानुदिन नयाँ दल खोलिराख्नुभएको छ। यहाँहरूको मेनिफेष्टोमा दिनानुदिन कम्पनी, उद्यमशीलता र उद्योग खोल्नका लिग मेनिफेष्टोमा राख्नुपर्छ। हामीले पोलिटिक्सलाई इकोनोमीसँग जान सक्दैनौँ। ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनलाई चेन्ज गर्नुपर्‍यो।’


उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाको सोचलाई सँगै अघि बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए।

1

Scroll to Top