Banijya News

पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा ३ अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाखको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

1

Scroll to Top