Banijya News

परिचयपत्रको आधारमा एथर इलेक्ट्रिक स्कुटर पाइने

1
1.2K Shares

एथर ब्राण्डले ग्राहकले आफ्नो आधिकारिक परिचयपत्र मात्रको आधारमा इलेक्ट्रिक स्कुटर खरिद गर्नसक्ने योजन चाहने ग्राहकका लागि सजिलो फाइनान्स योजना ल्याएको छ । मासिक ६ हजार ५८ रुपैयाँबाट शुरु हुने मासिक किस्तामा ग्राहकले एथरको प्रिमियम इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने कम्पनीले बताएको छ।

कुनै पनि अतिरिक्त वित्तीय कागजात आवश्यक नपर्ने यो योजनाले इलेक्ट्रिक सवारी साधनको स्वामित्वमा देखिने सामान्य अवरोध हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई प्रोत्साहन गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले हाल काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल गरी आठ ओटा ‘एथर एक्सपेरियन्स सेन्टर’ र काठमाडौँको बौद्धमा एउटा ‘टेस्ट राइड जोन’ सञ्चालनमा ल्याएको छ ।

साथै, आठ आधिकारिक सेवा केन्द्र र प्रमुख शहर तथा राजमार्गमा २७ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना भइसकेको कम्पनीले बताएको छ।

1

Scroll to Top