Banijya News

नेपाली जनतालाई शेयर बिक्री गर्न एनसेल तयार

1
1.2K Shares

एनसेलले नेपाली जनतालाई शेयर बिक्री गर्न तयार रहेको जनाउँदै माग थप लगायतका केही मागहरू अगाडि सारेको छ । एनसेलले दूरसञ्चार ऐनको मर्म र भावना अनुसार म्याद सकिएको समयमा रहेको शेयर संरचनालाई आधार मानेर अनुमति पत्रको नवीकरण गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

नवीकरण दस्तुरमा अन्यायपूर्वक लगाइएको ब्याजलाई मिनाहा गरी कानून अनुसार एनसेललाई नेपाल टेलिकम सरह समान व्यवहारका लागि पनि अनुरोध गरेको छ ।

यस्तै दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र दस्तुर, नवीकरण दस्तुर, प्रयोग गर्न पाउने फ्रिक्वेन्सी, सेवा प्रवाहका सर्तहरू, काम र कर्तव्यसमेत प्रष्ट छुटिने गरी आवश्यक नीतिगत र कानूनी व्यवस्थाका लागि पनि अनुरोध गरेको छ ।

1

Scroll to Top