बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९७ अर्ब २३ करोड ३८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ ।
यस्तो कजा अघिल्लो वर्ष असोजसम्म ३ खर्ब ७६ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ प्रवाह भएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ५.४८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । उता घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ । बैंकहरुबाट चालु आर्थिक वर्षको कात्तिकसम्म २ खर्ब ६८ अर्ब ८३ करोड १३ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ।
अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट २ खर्ब ४४ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ९.८४ प्रतिशतले बढेको छ।


