नेपालमा चालु आर्थिक वर्ष २०८२ र ८३ को पाँचौँ महिना मंसिर मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम र कारोबार सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ। यसअघि असोजदेखि कार्तिक मसान्तसम्मको अवधिमा भने यसको ठीक विपरीत अवस्था देखिँदै कारोबारको रकम र सङ्ख्या दुवैमा स्पष्ट गिरावट आएको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ मंसिर समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य वृद्धि भएको पाइएको हो।
कार्तिकमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ४ लाख ७२ हजार ४७५ रहेको थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्को एक महिनाको अवधिमा २८ हजार २७७ बढेर समग्रमा ५ लाख ७५२ पुगेको छ।
कारोबार रकम गत कार्तिकमा १७ अर्ब ८७ करोड ५० लाख थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा २ अर्ब २ करोड ६७ लाख रुपैयाँले बढेर समग्रमा २० अर्ब १४ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको छ।


